FAQs Complain Problems

मल्लरानी गाउँपालिकाकाे अायाेजनामा मा ११ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरेर मनाइएको छ ।

१५ जेठ, प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानमा ११ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरेर मनाइएको छ ।

११ औं गणतन्त्र दिवसको अवसरमा प्यूठानमा मल्लरानी गाउँपालिका काे अायाेजनामा रक्त सञ्चार केन्द्र प्यूठानकाे सहयाेगार्थ  तथा मल्लरानीको पर्यटन प्रबद्र्धनका लागि दिवसको अवसर पारेर पैदल यात्रा / मल्लरानी वाकाथुन कार्यक्रम सम्पन्न गरिएको छ। मल्लरानी गाँउपालिकाले जिल्ला सदरमुकाम खलंगादेखि पर्यटकीय क्षेत्र मल्लरानीसम्म पैदल यात्रा कार्यक्रम गरेको हो ।

पैदल यात्रामा स्थानीयवासी, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यसहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेसँगै सरकारी तथा गैरसरकारी निकायका कर्मचारीको सहभागिता रहेकाे थियाे  ।

पैदल यात्राको क्रममा स्थानीय कला संस्कृति झल्कने भेषभुषासहित झाँकी प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष:

गा.पा काे हाल प्रकाशित गतिविधिहरू